Loktantra Khabar National Weekly
Ad

‘बलिदान’ मा विराज भट्टका छोरा समीर अनुबन्धित

लोकतन्त्र खबर
९ चैत्र २०८०

सन्तोष सेनको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘बलिदान’ मा समीर भट्ट अनुबन्धित भएका छन्।

निर्माण कम्पनी आशुसेन फिल्मस प्रोडक्सनले शुक्रबार तीनवटा पोस्टर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो। समीर अभिनेता विराज भट्टका छोरा हुन्।

सार्वजनिक पोस्टरमा समीरलाई मात्र प्रस्तुत गरिएको छ। उनी एक्सन अवतारमा देखिएका छन्।

निर्देशक सन्तोषले समीरलाई बहुप्रतिभा भन्दै लामो समय लगाएर फिल्ममा छनोट गरिएको जानकारी दिए।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्व प्रशिक्षण लिइरहेका थिए।

‘बलिदान’ मा निर्माताको रूपमा पवन ब्राडफोर्ड विष्ट तथा सह-निर्मातामा प्रेम पुरी छन्। वर्ष २०८१ को दशैंमा फिल्म प्रदर्शनमा ल्याइने जनाइएको छ।

समीरले विराजको फिल्म ‘१२ गाउँ’ मा पनि अभिनय गर्दैछन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: