Loktantra Khabar National Weekly
Ad

सर्लाहीको मलंगवामा बृहत् योग शिविर सुरु

लोकतन्त्र खबर
८ चैत्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,चैत ८

पताञ्जलि योग समिति मलंगवाको आयोजनामा सर्लाहीको सदरमुकाम मलंगवामा बृहत् योग शिविर सुरु भएको छ ।

समितिका संयोजक संजय कुमार गुप्ता”सुगन्ध”को संयोजकत्वमा चैत ११ गतेसम्म संचालन हुने उक्त शिविरको बुधबार बिहान एक भब्य समारोहको बिच उद्घाटन गरिएको छ।

मानिसहरुमा योग जागरण ल्याउने र मानसिक तथा शारीरिक तनावलाई छुट्कारा दिलाउनका लागि योग शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

मलंगवा नगरपालिका वडा न-१० स्थित ३ बिघे मैदानमा संचालन भइरहेको योग शिविरको उद्घाटन समारोहमा मधेस प्रदेश सांसद कौशल किशोर राय, जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, स्थानीय जनप्रतिनिधि ,व्यापारी ,बुद्धिजिवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: