Loktantra Khabar National Weekly
Ad

एचआईभीबारे वैज्ञानिकहरूको दाबी– संक्रमित भाग काटेर फाल्न सकिन्छ

लोकतन्त्र खबर
७ चैत्र २०८०

वैज्ञानिकहरूले जिन सम्पादन प्रविधि प्रयोग गरेर कोशिकाबाट एचआईभी संक्रमित भागलाई सफलतापूर्वक अलग गरिएको दाबी गरेका छन्।

वैज्ञानिकहरूका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता क्रिस्पर जिन सम्पादन प्रविधि प्रयोग गरी एचआईभी संक्रमित कोशिकालाई काटेर अलग गरेका हुन्।

बीबीसीको समाचारअनुसार यो प्रविधिको प्रयोग गरेर उनीहरूले आणविक तहमा कैँचीले जस्तै डीएनएबाट काटेर संक्रमित भाग निकालेका छन्।

युनिभर्सिटी अफ एम्स्टर्डमको टोलीले यस विधिबाट एचआईभी संक्रमणलाई शरीरबाट हटाउन सकिने आशा गरिएको बताएको छ।

तर, यसै साता भएको मेडिकल कन्फ्रेन्समा यससँग सम्बन्धित अनुसन्धानबारे थप जानकारी दिँदै टोलीले भन्यो– अहिलेसम्मको अनुसन्धानले यसरी कोशिकाको डीएनएबाट संक्रमित भागलाई हटाउन सकिने अवधारणालाई प्रमाणित गर्छ तर यो विधिबाट चाँडै एचआईभीको निको हुन्छ भन्ने होइन।

हालसम्म उपलब्ध औषधिले एचआईभीलाई फैलिनबाट रोक्ने मात्र गर्छ, यसलाई शरीरबाट पूर्ण रूपमा हटाउन सक्दैनन्। नेपालखबर

 

प्रतिक्रिया दिनुहोस्: