लोकतन्त्र समाचारदाता—
सर्लाही,चैत ७
माछा किसान संघर्ष समिति सर्लाहीले पुर्व अवस्थाकै कृषि विद्युत महसुल कायम गर्न माग गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।
चन्द्रनगर गाउँपालिका स्थित नाढीमन तालको प्रांगणमा किसानहरुको हक हित तथा समस्या सामाधान गर्ने उदेश्यले आयोजना गरिएको जिल्लाभरीका माछा पालक किसानहरुको भेलाबाट रन्जित सहनीको नेतृत्वमा सात सदस्यीय माछा किसान संघर्ष समिति गठन गरि सो को निर्णय अनुसार माछा पोखरी रहेको विद्युत मिटरलाई कृषि विद्युतबाट उद्योग अन्तर्गत राखी नेपाल विद्युत प्राधिकरणले प्रति युनिट २ रुपैयाँ ३० पैसा बाट १२ रुपैयाँ प्रति युनिट कायम गरि प्राधिकरणबाट कार्यान्वयन गरेकोले पुर्व अवस्थाकै कृषि विद्युत महसुल कायम गर्न माग गर्दै प्रजिअ कोमल प्रसाद घमला मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्।
मंगलबार दिउँसो मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रजिअ धमलालाई ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष सहनीले आफुहरुको माग प्रति वेवस्ता गरे सख्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

