‘लाल दुपट्टे वाली तेरा नाम तो बता’ बोलको गीत सार्वजनिक भएपछि अभिनेत्री रितु शिवपुरीले खुब चर्चा पाइन्। १७ वर्षको उमेरमा उनी रातारात स्टार बनिन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रितु फिल्ममा काम गर्नुअघि मोडलिङ गर्थिन्। यसैक्रममा उनको भेट फिल्मकर्मी पहलाज निहलानीसँग भएको थियो। उनले रितुलाई ‘आँखें’ फिल्मको प्रस्ताव गरेका थिए। गोविन्दा र चंकी पाण्डे स्टारर फिल्म सुपरहिट भयो। फिल्ममा समावेश ‘लाल दुपट्टे वाली’ गीत एकदमै चर्चित भयो। उक्त गीत अहिलेसम्म चर्चामा छ।
यो फिल्मपछि उनले हिन्दीसँगै दक्षिण भारतीय फिल्ममा अवसर पाउन थालिन्। तर उनका कुनै फिल्म सफल भएनन्। उनले टेलिशृंखलामा पनि अभिनय गरिन्। टेलिशृंखलामा पनि उनी जम्न सकिनन्। केही समयपछि उनी फिल्म क्षेत्रबाटै गायब भइन्।
उनले अभिनय छाडेर गहना डिजाइनरको काम सुरू गरिन्। पछिल्लो समय उनी नेटफ्लिक्सको शो ‘क्लास’ मा देखिएकी थिइन्। तर उनलाई फ्यानले समेत चिन्न सकेनन्। सेतोपाटी