Loktantra Khabar National Weekly
Ad

चन्द्रपुरमा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

लोकतन्त्र खबर
१ चैत्र २०८०

रौतहट  । रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगरक्षेत्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य गरेको हो।

बालविवाह अन्त गर्न पालिकाभित्रका दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको  प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको मेयर प्रमुख सञ्जय काफ्लेले बताएका छन्।  विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको मेयर काफ्लेको भनाई छ ।

कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने चन्द्रपुर नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: