Loktantra Khabar National Weekly
Ad

मलंगवा नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस

लोकतन्त्र खबर
२५ फाल्गुन २०८०

बखतियार अलि–
सर्लाही २५ फागुन । आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउदै छन । विश्वका महिलाले मुक्तिका लागि गरेको संर्घषको सम्झना गर्ने दिनको रुपमा यो दिवसलाई मनाईन्छ । हरेक वर्षझैँ यस वर्ष पनि सर्लाहीका विभिन्न पालिका लगायत मलंगवा नगरपालिकाले पनि अन्तर्राष्ट्रिय ११४ औं श्रमिक नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

मलंगवा नगरपालिका सर्लाहीको आयोजनामा मनाएको ११४ औं श्रमिक नारी दिवस नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा प्रदेश सांसद कौशलकिशोर यादवको प्रमुख आतिथ्यमा मलंगवा नगरपालिकाको गोरखकाली चौकी भन्दा अगाडी बनाइएको स्वागत गेटको चौतारामा सभाको कार्यक्रम समपन्न भएको छ ।

माहिलामाथि भइरहेको हिंसाको अन्त्य गरि आर्थिक रुपमा महिलालाई सक्षम बनाउनु पर्ने प्रदेश सांसद कौशलकिशोर यादवले आफनो मन्तव्यमा भनेका थिए । त्यस्तै नगरप्रमुख यादवले महिलाहरुलाई उद्यमशीलतामा जोड्न आवस्यक रहेको बताउनु भयो । आफूले महिलाहरुको पक्षमा केही गर्ने कोशिस गरिरहेको प्रमुख यादवको भनाइ छ ।

महिलामाथि हुने जघन्य प्रकृतिका अपराध गर्नेलाई कडा कानुन बनाएर कारबाही गरिने ब्यवस्था गर्न आवश्यक रहेको कार्यक्रमका अर्का वतmा महिला अधिकारकर्मी बिनिता कार्काीले बताईन । विगतमा भन्दा केही हदसम्म महिला सहभागिता र समावेशिता बढेको अधिकारकर्मी कार्कीले बताईन् ।

कार्यक्रममा बोल्दै मलंगवा जेसिजका अध्यक्ष दिलिप झाले अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको सबैमा बधाई दिनु हुदै महिला अधिकारको क्षेत्रमा काम गर्न झाले उपस्थित महानुभावहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रमका अर्का वतmा युएनएफपीएका जिल्ला अध्यक्ष बच्चालाल महतोले भने बज्जिका भाषालाई हामि सबैले प्रमुख प्रमुखताका साथ अगाडी बढाउनु पर्नेमा वहाले जोडदिनु भयो । यस कार्यक्रममा सहभागि महिला दिदी बहिनीहरुलाई आफनै मातृभाषा बज्जिकामा सम्बोधन गरिदिए बुझन सजिलो हुने युएनएफपीएका जिल्ला अध्यक्ष महतोको भनाई थियो ।

कार्यक्रममा बोल्दै पहिचान नेपालका जिल्ला संयोजक नग्मा खानले भने हाम्रो देशमा समानुपातिक सहभागिताको मर्म मात्र नारा सिमित भएको उनले बताए । यो देशमा तीन तहको सरकार भएपनि तेस्रोलिंगीले पाउनु पर्ने अधिकार अहिले सम्म नपाएको उनले गुनासो गरे । समावेशी आयोग नेपालमा रहेपनि हाम्रो समुदायका मान्छे त्यसमा नसमेटिएको उनले जिकिर गरे ।

कार्यक्रमा मलंगवा नगरपालिकाका उपप्रमुख सकुन्तला साह, मलंगवा नगरपालिकाका प्रवतmा तथा वार्ड नं. १ का वडाअध्यक्ष कौशल राय, मानवअधिकारकर्मी राजेश मिश्र, समाजसेवी शिवचन्द्र चौधरी लगायतका व्यतिmहरुले आफनो धारण राखेका थिए । कार्यक्रमको संचालन मलंगवा नगरपालिकाका कार्यक्रम अधिकृत नगिणा रायले गरेकी थिईन् ।

नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो छ ।

महिला अधिकार तथा महिला हिंसा रोकथाम यावत कुराहरुलाई बिशेष प्राथमिकतामा राखेर प्रत्येक वर्ष ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस देश भरिनै विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ ।

यधपी सर्लाही जिल्लामा महिलाको साक्षारता दर २० प्रतिशत भन्दा पनि कम रहेको छ । महिला अधिकारको कुरा त परे जाओस महिंला हिंसाको उजुरी सर्लाहीमा धेरै रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउछ ।

मधेश प्रदेशको आठ जिल्ला मध्ये सबै भन्दा बढि महिला सर्लाही जिल्लाबाट श्रम गर्न खाडी मुलक पलायन भएको तितो यर्थाथ छ । सर्लाहीमा स्वरोजगार महिला अहिलेको परिवेशमा १० प्रतिशत भन्दा पनि काम छ ।

राज्यले महिला पुरुष बराबर रहेको नारा लगाएपनि महिला जनशतिmलाई कसैले पनि अवसर दिन चाहदैन । समग्रमा महिला आजको समयमा पुर्ण रुपले पुरुष माथि आश्रित छिन । तेसैले पनि होला महिला हिंसा दिनदिनै बढदै गएकोछ ।

महिला जब सम्म आत्मानिर्भर हुदैन तब सम्म विभेद कायम रहने समाजिक अभियन्ताहरुको भनाई छ । यसको लागि राज्यको संयन्त्रहरुमा समानुपातिक सहभागित महिलाको हुनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएको छ ।

महिलाहरुको मानव अधिकारको सम्मान र सुरक्षा हामी सबैको दायित्व पनि हो है, एउटा समतामुलक र सम्मानजनक समाज निर्माणार्थ महिलाहरुको मर्यादाको सम्मान गरिन अपरिहार्य रहन्छ, लैगिंक समानता कायम भएको समाज निर्माणार्थ हामि सबैले जोडदार पहल गर्नुपर्ने कार्यक्रमा उपस्थित महानुभावहरुले आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: