Loktantra Khabar National Weekly
Ad

बिहे गर्दै कृति र पुलकित

लोकतन्त्र खबर
२३ फाल्गुन २०८०

बलिउड अभिनेत्री कृति खरबन्दा र पुलकित सम्राट विवाह गर्ने तयारीमा छन्।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनीहरूले १३ मार्च २०२४ मा विवाह गर्न लागेका हुन्।

यतिबेला सामाजिक सञ्जालमा कृति र पुलकितको विवाहको कार्ड भाइरल भइरहेको छ। उक्त कार्ड सार्वजनिक भएपछि उनीहरूका साथीभाइ र फ्यानले विवाहको शुभकामना दिइरहेका छन्।

‘हामी आफ्नो मान्छेसँगै यस दिनलाई खास बनाउन धेरै पर्खन सक्दैनौं। तपाईहरूको पुलकित-कृति,’ कार्डमा लेखिएको छ।

कृतिले भ्यालेन्टाइन डेमा पुलकितसँग एक तस्बिर सार्वजनिक गर्दै विवाह गर्न लागेको संकेत गरेकी थिइन्। ‘हातमा हात राखेर मार्चमा साथ हिडौं,’ उनले लेखेकी थिइन्।

३० जनावरीमा कृति र पुलकितको रोका भएको थियो। उनीहरू पाँच वर्षदेखि प्रेम सम्बन्धमा छन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: