Loktantra Khabar National Weekly
Ad

२१ सय नाघ्यो सेयर बजार, उत्पादन समूहमा उच्च वृद्धि

लोकतन्त्र खबर
२९ माघ २०८०

काठमाडौं  माघ २९, सोमबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.३३ अंक बढेसँगै २१०१ अंकमा पुगेको हो ।

परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ५८ करोडमा खुम्चियो । कुल १९९ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन उत्पादन समूह सबैभन्दा धेरै २.२२ प्रतिशत बढ्यो । हाइड्रोपावर १.८३ तथा निर्जीवन बीमा १.७ प्रतिशत बढे ।

अंकका आधारमा बैंकिङ ०.६५, विकास बैंक २३, फाइनान्स २०, होटल तथा पर्यटन २०, हाइड्रोपावर ४९, जीवन बीमा ३८, उत्पादन १२५, निर्जीवन बीमा १८३ र ब्यापार समूह १२ अंक बढे । अन्य समूह मात्रै ०.९३ अंक घट्यो ।

बोटलर्स नेपाल, समाज लघुवित्त, कुथेली बुकरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जोशी हाइड्रोपावरको ९.२, दोर्दीखोलाको ८.५, माहुली लघुवित्त ८.१, गुराँस लघुवित्तको ८.१, भिजन लुम्बिनी ऊर्जाको ७.७ प्रतिशत बढ्यो ।

इमर्जिङ नेपालको मूल्य ३.८ तथा मिडसोलु हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनआईसी एसिया बैंक, नेपाल इन्स्योरेन्स र सोनापुर सिमेन्ट क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: