सर्लाही । नेकपा एमाले परित्याग गरेर सर्लाहीमा दुई जना आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । नेकपा एमालेका सर्लाही जिल्ला नेता तथा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष सुनील कुमार गुप्ता र युवा नेता निरज गुप्ता आजपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई आजपाका अध्यक्ष प्रभु साहले खादा र मालाका साथ पार्टीमा स्वागत गरे ।
एमाले पार्टी आम जनादेश विपरीत गएको, संगठनमा काम गर्नेभन्दा चाकडि गर्ने भजनमण्डलीको बढी हालीमुहाली रहेको नवप्रवेशीको आरोप छ ।
पछिल्लो समय देशमा वैकल्पिक शक्तिको रुपमा आम जनता पार्टी दूरदर्शी सोच, संगठन र संघर्ष अघि बढाईरहेको निचोड सहित आफूहरु आजपामा प्रवेश गरेको उनीहरुको भनाइ छ। रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: