Loktantra Khabar National Weekly
Ad

शाहिद कपूरको फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ ले दुई दिन कति कमायो?

लोकतन्त्र खबर
२८ माघ २०८०

बलिउड अभिनेता शाहिद कपूर र कृति सेनन अभिनीत फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ओपनिङ डेमा राम्रो कमाइ गरेको छ। बक्स अफिसमा पहिलो दिनमा धमाका मच्चाएको छ।

फिल्मले दुई दिनमा १६ करोड २० लाख भारू कमाएको छ। पहिलो दिन ६ करोड ७० लाख भारू कमाएको फिल्मले दोस्रो दिन ९ करोड २० लाख भारू कमाएको हो।

अराधना शाह र अमित जोशीले निर्देशन गरेको फिल्ममा शाहिद र कृतिले पहिलोपटक एकसाथ काम गरेका हुन्। बलिउडमा रजनीकान्तपछि कृतिले फिल्ममा दोस्रोपटक रोबोटको पात्र बनेकी हुन्। फिल्ममा रोबोट बनेकी कृति र शाहिदको लभस्टोरीबारे कथा रहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: