Loktantra Khabar National Weekly
Ad

हाइड्रोपावर समूहले बढायो सेयर बजार, कारोबार पनि बढ्यो

लोकतन्त्र खबर
२५ माघ २०८०

काठमाडौं  माघ २५, साता कारोबारको अन्तिम दिन बिहीबार हाइड्रोपावर समूहले सेयर बजार बढाएको छ । सबैभन्दा धेरै पुँजीकृत समूह बैंकिङ घट्दा दोस्रो ठूलो समूह हाइड्रोपावर १.४४ प्रतिशत बढेपछि समग्र नेप्से परिसूचक ५.७४ अंकले बढेको हो । बिहीबार समूहगत रुपमा हाइड्रोपावरको वृद्धिदर सबैभन्दा धेरै हो ।

आजको वृद्धिसँगै नेप्से २०९६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २ अर्ब ८४ करोडको कारोबार भएकोमा बिहीबार ३ अर्ब १२ करोडको कारोबार भयो ।

बैंकिङ समूह ०.४८, जीवन बीमा १२.४३ र अन्य समूह ११.९४ अंक घटे । विकास बैंक २६, फाइनान्स ३, होटल तथा पर्यटन १८, हाइड्रोपावर ३८, उत्पादन १५, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ४१ र ब्यापार समूह ३१ अंक बढे ।

समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्रिशुली जलविद्युत् कम्पनीको ९.८, मायाखोला हाइड्रोपावरको ७.७, स्वेतगंगा हाइड्रोको ७.४, इङवा हाइड्रोपावरको ७.३, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.३, किसान लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो । गणपती लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशत घट्यो ।

मकर जितुमाया हाइड्रोपावरको ३.५ तथा बीपीडब्लू लघुवित्तको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, अपी पावर, ङादी ग्रुप पावर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: