Loktantra Khabar National Weekly
Ad

छिटै आउनसक्छ एक्सको सुपर एप, एलन मस्कले गरे यस्तो संकेत

लोकतन्त्र खबर
२५ माघ २०८०

गत वर्ष सार्वजनिक एक रिपोर्टमा सोसल मिडिया प्लाटर्फम एक्सका मालिक एलन मस्कले एउटा सुपर एप निर्माणमा काम गरिरहेको उल्लेख थियो । सो एप आएसँगै एउटै एपबाट विभिन्न खालका कामहरु गर्न सकिनेछ ।

एलन मस्कले @teslaownersSV नामक एक्स अकाउन्टमा हालै एउटा पोस्ट गरेका छन् जुन एउटा प्रोमो भिडियोको रुपमा रहेको छ।

सो प्रोमो भिडियोमा एक्सको लोगो समावेश छ र त्यसमा THE EVERYTHING APP लेखिएको छ ।

के के हुन्छ सुपर एपमा ?

वास्तवमा सुपर एप भनेको एउटा यस्तो खालको एप हो जसमा विभिन्न खालका सुविधाहरु उपलब्ध हुन्छन् ।

उदाहरणका रुपमा एक सुपर एपमा सोसल मिडिया एपदेखि लिएर अनलाइन सपिंग र पेमेन्टसँगै यात्राका लागि टिकट बुकिङ सम्मका सुविधाहरु उपलब्ध हुन्छन् ।

उसो त एक्सले गत डिसेम्बरमै अमेरिकामा मनी ट्रान्सफरको लाइसेन्स प्राप्त गरिसकेको छ । तर यसका विषयमा आधिकारिक करुपमा एक्सले अहिलेसम्म कुनै पनि जानकारी दिएको छैन । उक्त लाइसेन्स प्राप्त भएपश्चात् एक्समा भुक्तानी ट्रान्सफर गर्ने सुविधा उपलब्ध हुन सक्दछ । त्यसपछि एक्स प्रयोगकर्ताले एक अर्काको एक्स अकाउन्टै पैसाको कारोबार गर्न सक्दछन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: