Loktantra Khabar National Weekly
Ad

फिल्म खेल्दै दिलिप रायमाझीकी छोरी दिव्या

लोकतन्त्र खबर
१७ फाल्गुन २०८०

अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले फिल्म खेल्ने भएकी छन्।

उनले फिल्म ‘एक्टर’ बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्। बिहीबार निर्माण टिम र उनका बुबाआमाबीच औपचारिक सम्झौता भएको छ। साथै निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गतेदेखि प्रदर्शन हुने बताएका छन्।

यो फिल्म वैशाख पहिलो साताबाट छायांकनमा जानेछ।

दिव्या अमेरिकामा पढिरहेकी छन्। यसअघि फिल्ममा प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्।

राजन भुषालले निर्देशन गर्न लागेको फिल्ममा थमनकुमार भण्डारीको लगानी रहनेछ। फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।

अदृत फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको सह-निर्मातामा एनिस भुषाल र सार्थक केसी छन्। फिल्ममा पोस्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: