Loktantra Khabar National Weekly
Ad

फरार घोषित भइन् अभिनेत्री जया प्रदा

लोकतन्त्र खबर
१६ फाल्गुन २०८०

बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार फरार घोषित गरेको छ।

उनीविरूद्ध सन् २०१९ को लोकसभा चुनावमा आचार संहिता उल्लंघन गर्ने उजुरी दर्ता भएको थियाे। उनीमाथि करिब ९ पटक गैर जमानती वारेन्ट पनि जारी गरिएको थियो। तर उनी अदालतमा उपस्थित भइनन्। लामो समयसम्म अदालतमा हाजिर नभएपछि उनलाई फरार घोषित गरिएको हो।

जयाविरुद्ध अदालतले सिआरपिसीको धारा ८२ को कारबाही गरेको छ। पुलिस अधीक्षक राजेश द्विवेदीको अगुमाईमा टिक बनाएर ६ मार्च २०२४ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

जयाले सन् १९७९ मा रिलिज भएको फिल्म ‘सरगम’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले विभिन्न भाषामा ३०० भन्दाबढी फिल्ममा काम गरेकी छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: