Loktantra Khabar National Weekly
Ad

सर्लाहीका २ हजार संस्थामा डेढ सय मात्र क्रियाशिल

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

सर्लाही १५ फागुन

बखतियार अलि-

विभिन्न उद्देश्य राखि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता रहेका दुई हजार बढि सामाजिक संस्था मध्ये डेढ सय सामाजिक संस्था मात्र क्रियाशिल रहेकाे कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका नायब सुब्बा रामकिसाेर महताेले दिएकाे जानकारी अनुसार आर्थिक बर्ष ०८०/०८१ काे फागुनमसान्त सम्म २ हजार ५३ वटा सामाजिक संस्था कार्यालयमा दर्ता रहेकाेमा १ सय ५२ वटा सामाजिक संस्थाले मात्र नविकरण गराएकाे नासु महताेले जनाएकाे छ । जिल्लामा २ हजार बढि संघसंस्था दर्ता रहेपनि नविकरण गराई कार्यालयकाे तथ्यांक अनुसार मात्र १ सय ५२ वटा सामाजिक संस्था मात्र क्रियाशिल रहेकाे देखिन्छ ।

सामाजिक अभियन्ता गजेन्द्र साहका अनुसार जिल्लामा अहिले बढि १० वटा संस्था मात्र क्रियाशिल छ । विभिन्न बहानामा सामाजिक संस्था दर्ता गरि ग्रामीण भेगका कतिपय जनता ठगिएका छन । खास गरेर सरकारी बजेटलाई लक्षित गरि यहाँ सामाजिक संस्था दर्ता गर्ने चलन रहेकाे अभियन्ता साहले भने । बजेट अाउन बन्द भएपछि संस्था पनि निष्क्रिय हुने गरेकाे छ । यस्ता संस्थाहरूकाे नियमन, निगरानी र अनुगमन नहुदा सामाजिक संस्था दर्ता गरेर छाडापना बढेकाे छ ।

सामाजिक संस्थाहरूकाे नियमित अनुगमन हुनुपर्छ । अनुगमन नहुदा जिल्लामा च्याउ सरि संस्था खुल्ने र बन्द हुने अवस्था रहेकाे अभियन्ता साहकाे कथन रहेकाे छ । समाजसेवी हृदय नारायण रायका अनुसार सामाजिक संस्था खाेलेर समाजकाे सुधार भन्दा परिवारकाे सुधारमा बढि संस्था लागेकाे छ । सामाजिक संस्थाहरू स्थापना गरि परिवारका सदस्यलाई भर्ती गर्ने परिपाटी बढदै गएकाे अभियन्ता रायकाे कथन छ ।

खास गरेर बिना भिजनका ब्यक्तिहरूले खाेलेका संस्थाहरू लामाे समय सम्म टिकदैनन् । सामाजिक सुधार, परिबर्तन र दिगाे बिकासका लक्षय लिएकाहरूले मात्र समाजिक संस्था चलाउने गरेकाे छ । पावर, पहुचकाे अाधारमा पनि जिल्लामा संस्थाहरू चलेकाे छ, यस्ता संस्थाहरू सामाजिक सुधार र परिबर्तन भन्दापनि अाफु र अाफनाे परिवारकाे बिकास गर्नमा मात्र ब्यस्त रहेकाे पुर्ब एनजिअाेकर्मी बासुदेव पाेखरेलले बताउनु भयाे ।

राज्यबाट अनुगमन नहुदा यसक्षेत्रमा ब्याप्त बेथिति कहिले पनि नहटने पाेखरेलले भने । राज्यलाई मात्र अाफनाे राजस्वकाे चिन्ता मात्र देखिन्छ । सामाजिक संस्थाले समाजमा के काम गरि रहेकाे छ । याे देखनलाई यहाँ सम्बन्धित निकायलाई फुर्सद नभएकाे एनजीओकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: