Loktantra Khabar National Weekly
Ad

सर्लाहीको बिष्णु गाउपालिकाले ९ हजार बढिलाई दादुरा/रुबेला खोप लगाउने लक्ष्य

लोकतन्त्र खबर
१४ फाल्गुन २०८०

सर्लाही, १४ फागुन

सर्लाहीको बिष्णु गाउपालिकाले पालिकाका ९ वटै वडाहरुमा रहेका ९ हजार ४ सय जना बालबालिकाहरुलाई दादुरा/रुबेला खोप लगाउने लक्षय रहेकाे जनाएको छ ।

फागुन महिनाको १६ गते देखि दादुरा/रुबेला खोप अभियान सुरु हुने बिष्णु गाउँपालिकाका स्वास्थ शाखा संयाेजक अन्जय कुमार यादवले बताए । फागुन १६ गतेबाट बिष्णु गाउपालिकामा रहेको ८ वटै वडाहरूबाट दादुरा/रुबेला खोप अभियान एकै साथ सुरु गरिने गाउपालिकाका स्वास्थ्य शाखा संयाेजक यादवले जानकारी दिनुभयो । दादुरा/ रूबेला खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई प्रदान गरिने छ ।

दादुरा/ रुबेला खोप फागुन १६ गते सुरु भई २२ गते सम्म सम्म सम्पन्न गरिने लक्षय रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाले जनाएको छ । खोप संचालन गर्नु पुर्व स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वयंसेविका, शिक्षकहरुलाई तालिम प्रदान गरि सकेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जनाएको छ ।

साेमबार बिष्णु गाउपालिका सर्लाहीका गाउपालिका अध्यक्ष जवाहर राय यादवको अध्यक्षतामा दादुरा/ रुबेला खोप अभियान संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरि स्वास्थ शाखा प्रमुख यादवले पालिकाकाको ८ वटै वडामा खोप अभियान संचालन हुने बताउनु भयो । बीस २०३४ साल देखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको र सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका खाेप प्रशन रामदुलार यादवले बताउनु भयो ।

वहाले थपदै भने नेपालमा नियमित खोप १५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोप केन्द्र मार्फत खोप लगाउने गरिनछ । अहिले पनि १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित छन भने ४% बालबालिका शुन्य डोजमा रहेको छ । हाल सर्लाही जिल्ला भरी ७ सय २० वटा नियमित खोप केन्द्रहरु रहेको खाेप प्रसन यादवको भनाई छ ।

दादुरा/ रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बिष्णु गाउपालिकाका वाड नं. १ का वडाअध्यक्ष विकास ठाकुर, वडा नं. २ का वडाअध्यक्ष मनाेज यादव, ३ का वडाअधयक्ष जयकुमार चाैधरी, ४ का वडाअध्यक्ष विनाेद राय, ५ का वडाअध्यक्ष कमाेद राय, ६ का वडाअध्यक्ष नन्दकिशोर राय, ७ का वडाअध्यक्ष निरस पटेल र ८ का वडाअध्यक्ष जवाहरलाल राय यादव लगायत जनप्रतिनिधि तथा कर्मचारीहरू सहितको अभिमुखिकरण कार्यक्रममा सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: