Loktantra Khabar National Weekly
Ad

कटहरियाको एक घरमा आगलागी

लोकतन्त्र खबर
१३ फाल्गुन २०८०

रौतहट । रौतहटको कटहरिया नगरपालिका-५ स्थित एक घरमा आगलागी हुँदा झन्डै तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा गएराति साढे ८ बजे आगलागी भएको थियो।

आगलागीबाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना जलेर झन्डै तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण कुमार सिंहको कमान्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो।

गएराति विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्ती बात सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। पीडित गोसाईंका अनुसार आगलागी बाट घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएकाले महिला तथा बालबालिका लाई ठुलो कठिनाइ भएको छ। पीडित आर्थिक विपन्न परिवारका भएकाले घर जलेर समस्या भएको स्थानीयले बताएका छन्। रातोपाटी

प्रतिक्रिया दिनुहोस्: