Loktantra Khabar National Weekly
Ad

अर्नाहाका ३५ जनामा मोतियाबिन्द देखियो

लोकतन्त्र खबर
९ फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,फाल्गुन ९

“सेवा नै धर्म हो” भन्ने नाराका साथ प्रजातन्त्र दिवसको अवसर पारेर सर्लाहीको बलरा नगरपालिका वडा न-५ अर्नाहामा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । जनता कल्याण समाज बलरा -५ ,अर्नाहाको आयोजना तथा नेत्रालय आँखा अस्पतालको सहयोगमा शिविर सम्पन्न भएको हो।

श्री सामुदायिक विद्यालय बलरा-५ को प्राङ्गणमा सम्पन्न भएको निःशुल्क आँखा शिविरबाट २ सय भन्दा बढीले आँखाको जाँच गराएका थिए।जसमध्ये ३५ जनामा मोतियाबिन्दको समस्या देखिएको छ। ६० जना लाई चस्मा वितरण गरिएको थियो भने २५ जना बिरामीलाई तुरुन्त शल्यक्रिया गर्न प्राविधिक डा. एकनाथ झाले सुझाव दिएका छन् ।

बलरा न.पा. का अध्यक्ष रामशंकर कुशवाहा द्वारा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा सो विद्यालयका अध्यक्ष तथा यामाहा माेटरसाइकल शोरूम मलंगवा तथा बरहथवाका संचालक सरोज कुमार कुशवाहा, मानव अधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रा, ग्रीन हाउस इंग्लिश बोर्डिङ स्कुल बरहथवाका संचालक अंकुश चौधरी लगायत स्थानीय समाज सेवीहरु को उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष गुडु कुमार यादवले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: