
धनगढी । नेकपा एमाले कैलाली जिल्लाको अध्यक्षमा दुर्गा जोशीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्लाको सुखडमा भेटघाटको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनी जिल्लाको कार्यवाहक अध्यक्ष समेत हुन् ।
जोशीसहित उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टको समर्थन रहेको बताइएको छ । उनीसहित ३ जनाले अध्यक्षको लागि दाबी पेश गरेका छन् । तर अन्य २ जनाको उम्मेदवारी घोषणा हुन बाँकी छ ।
आइतबार एमाले अध्यक्ष ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: