Loktantra Khabar National Weekly
Ad

राराको हिउँमा रमाउँदै पर्यटक

लोकतन्त्र खबर
८ फाल्गुन २०८०

सोमबार रातिदेखि रारामा हिउँ पर्न सुरू भएको छ। पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध मुगुको रारा तालको किनार यतिबेला हिउँले सेताम्मे भएको छ।

रारा घुम्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू हिउँमा रमाइरहेका छन्।

प्राय: पुसदेखि फागुनको दोस्रो सातासम्म पर्ने हिउँ खेल्न मानिसहरू सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरूलगायत ठाउँबाट जाने गरेका छन्।

यतिबेला रारा जानका लागि हवाइ टिकट पनि सजिलै पाइने र बस्न सहजै होटल पनि पाइने पर्यटन व्यवसायी देवी कृष्ण रोकायाले बताए।

राराका थुप्रै होटलहरूले अहिले हिमपातपछिको रारा भन्दै सस्तो प्याकेज समेत राखेका छन्। पर्यटकीय गतिविधि बढाउनका लागि यस्तो प्याकेज राखेको उनकाे भनाइ छ।

हवाइमार्फत् काठमाडौंबाट जाँदा ३३ हजार पाँच सय र नेपालगञ्जबाट जाँदा २३ हजार पाँच सय रूपैयाँ लाग्ने रारा इको रिसोर्टको प्याकेजमा राखिएको छ।

त्यस्तै जीपमा जाने हो भने २४ हजार पाँच सय रूपैयाँ र बसमा जाँदा १६ हजार पाँच सय रूपैयाँ लाग्छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: