Loktantra Khabar National Weekly
Ad

पोखराको बाल सुधार गृहमा झडप, ३ जना घाइते

लोकतन्त्र खबर
८ फाल्गुन २०८०

पोखरा । पोखरामा रहेको बाल सुधार गृहमा झडप भएको छ । पोखरा १८ ग्यारजातिमा रहेको उक्त गृहमा सोमबार खाना खान लाइन बस्ने क्रममा झडप भएको हो । घटनामा ३ जना घाइते भएका छन् ।

सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन भएको थियो । त्यसपछि झडप हुँदा बागलुङ, म्याग्दी र स्याङ्जाका तीन युवक घाइते भएका कास्की प्रहरीले जनाएको छ ।

उनीहरूको मणिपाल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिए । ‘सामान्य चोट हो । तीनै जना डिस्चार्ज हुनुभयो,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: