Loktantra Khabar National Weekly
Ad

जन्ती बोकेको जीप दुर्घटना : यस्तो छ मृतक र घाइतेको नामावली

लोकतन्त्र खबर
७ फाल्गुन २०८०

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिप अनिन्त्रित भई सडकदेखी अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । जिपमा सवार यात्रुहरुमध्ये ७२ वर्षीय आसपुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको र १७ वर्षीय तुलसी गुरुङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

आबुखैरेनी अस्पताल आबुखैरेनी तनहुँमा उपचार भईरहेको घाइतेहरु:-
१.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघर बस्ने बर्ष १५ की सुबिना गुरुङ ।
२.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६७ को मन ब.गुरुङ ।
३.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३८ की सुकमाया गुरुङ ।
४.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६ की एलिसा गुरुङ ।
५.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष १९ की सबिता गुरुङ ।
६.    जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ३ सुखौरा बस्ने बर्ष १० को सिसिर गुरुङ ।

 

नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेका घाइतेहरु:-
१.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.१गिराउनचौर बस्ने बर्ष ३८ को राजकुमार बश्वकर्मा (चालक)
२.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ५६ को सोमलाल गुरुङ ।
३.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघरफाट बस्ने बर्ष ७० को भक्कुलाल गुरुङ ।
४.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५६ को सेर ब.गुरुङ ।
५.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष ३६ की आसमाया गुरुङ ।
६.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १०की दीक्षा गुरुङ ।
७.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५२ को सेते गुरुङ ।
८.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वरा बस्ने बर्ष ३६ की चिजकुमारी गुरुङ ।
९.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. १० बस्ने निजको छोरा १८ महिनाको सुसान गुरुङ ।
१०.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ३७ की सुनिता गुरुङ ।  रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: