Loktantra Khabar National Weekly
Ad

८ बुदे माग सहित कविलासी नगरपालिकामा जनमत पार्टीको धर्ना

लोकतन्त्र खबर
७ फाल्गुन २०८०

अजिता चौधरी–
सर्लाही ०६ फागुन । ८ बुदे माग सहित सर्लाहीका कविलासी नगरपालिकामा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले धर्ना दिएको छ । जनमत पार्टीका जिल्ला अध्यक्ष दिगेश्वर नायकको नेतृत्वमा तुलब्यानर सहित पार्टी कार्यकर्ता महिला पुरुषहरुले चर्को नाराबाजी गर्दै जुलुस प्रदर्शन गर्दै कविलासी नगरपालिकाका मुल गेटमा धर्ना दिएका थिए ।

जसले गर्दा आईतवार कविलासी नगरपालिकाका सम्पुर्ण कामकाज समेत अवरुद्ध भएको थियो । जनमत पार्टीका जिल्ला अध्यक्ष दिगेश्वर नायक सहित केन्द्रिय सदस्यद्धय डा. गुणेश्वर झा, योगनारायण साह अर्का नेता सेराज आलम, महेश पासवान, सीताराम यादव, प्रमोद पासवान, देवीलाल राय, भुपेन्द्र मण्डल, सागर देवी चमार, इ.सत्यनारायण यादव सहितका नेताहरुले आईतवार कविलासी नगरपालिकाका प्रमुख ब्रह्म देव रायलाई ८ बुंदे माग सहितका ज्ञापन पत्र बुझाउदै आफुहरुको माग यथासिघ्र पुरा गर्न नगर प्रमुख ब्रहमदेव राय संग जोडदार माग गरेका हुन् ।

१. आगामी शैक्षिकशत्र देखि कविलासी नगरपालिकामा अंग्रेजी माध्यमबाट अध्यापन गराउनु पर्ने । २. बिधार्थीहरुको संख्या अनुसार शिक्षक पदपुर्ती र बहाली गर्नुपर्ने । ३. नगर असपतालको निर्माण कार्य कछुवाको गतिमा भईरहेकोले यो निर्माण कार्य छिटो भन्दा छिटो पुरा हुनुपर्ने ।

४. कविलासी नगरपालिका भित्र प्रसुती गृहको निर्माण हुनुपर्ने । ५. निशुल्क औषधीहरु शुलभ ढंगले नगरपालिकाले वितरण गर्नुपर्ने । ६. पालिका भित्र मलखाधको वितरण पुर्ण रुपमा निशुल्क र शुलभ ढंगले हुनुपर्ने । ७. यस पालिकामा भईरहेको सबै निर्माण कार्यहरुको बारेमा सार्वजनिक सुनुवाई हुनुपर्ने ।

८. नियमित रुपमा पालिका तथा वडा कार्यालयहरुबाट सेवा प्रवाह हुनुपर्ने लगायतका आठ बुंदे माग सहितका ज्ञापन पत्र नगर प्रमुख ब्रह्मदेव रायलाई बुझाएपछि नगर प्रमुख रायले भने ज्ञापन पत्र मार्फत माग गरिएका बुंदाहरु एकदम जायज रहेको छ । यावत मागहरु जनमत पार्टीले उठाई दिएकोमा धर्नामा बसेका र ज्ञापन पत्र बुझाएका सबैजना जनप्रतिनिधीलाई नगरप्रमुख रायले धन्यवाद दिदै ३ सदस्य टोली गठन गरेर ज्ञापन पत्र मार्फत उठाईएका मागहरु १५ दिन भित्र पुरा गरिदिने नगरप्रमुख रायले प्रतिबद्धता व्यतm गर्नुभयो ।

नगरप्रमुख रायले आफुहरुको मागलाई स्वागत गर्दै सम्बोधन गरिदिएकोले तत्कालका लागि धर्ना स्थगित भएका थिए । जिल्ला अध्यक्ष दिगेश्वर नायकले भने नगरप्रमुखले जनचाहना बमोजिम काम गर्ने बताएपछि आफुहरुको धर्ना अहिलेका लागि स्थगन गरेका छौं । दिएको समय सिमा भित्रमा आफुहरुको माग सम्बोधन भएन भने शसतm र कडा आन्दोलन गर्ने पनि अध्यक्ष नायकले चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: