Loktantra Khabar National Weekly
Ad

सलमान खानका बडिगार्ड शेरा कति लिन्छन् पारिश्रमिक?

लोकतन्त्र खबर
४ फाल्गुन २०८०

बलिउड अभिनेता सलमान खान जतिकै उनका अंगरक्षक (बडिगार्ड) शेरा पनि चर्चित छन्।

शेरा करिब २९ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्। सलमान र शेराको राम्रो सम्बन्ध छ। शेरा सलमानलाई मालिक भनेर बोलाउँछन्। सलमान आफ्नो बडिगार्डसँग सामाजिक सञ्जालमा तस्बिर सेयर गरिरहेका हुन्छन्।

पछिल्लो समय सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको हुन्छ। उनी आफ्नो सुरक्षामा निकै पैसा खर्च गर्छन्। ज्यान मार्ने धम्कीबीच उनले बुलेटप्रुफ कार समेत किनेका छन्। उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्। उक्त कारको मुल्य १ करोड रहेको बताइएको छ।

त्यस्तै सलमान आफ्नो बडिगार्ड शेरालाई पनि महंगो पारिश्रमिक दिन्छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार शेरा वार्षिक २ करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक महिनाको १५ लाख भारू पारिश्रमिक लिन्छन्।

शेराले सलमानलाई चण्डिगढ जाँदा पहिलो पटक सुरक्षा दिएका थिए। त्यसपछि उनीहरू एकसाथ छन्। शेराले एक अन्तर्वार्तामा सलमानको लागि आफ्नो ज्यान दिन सक्ने बताएका थिए।

‘जबसम्म म जिउँदो छु सलमानको साथ वा उनको पछाडि होइन अगाडि देखिनेछु, ताकि उनीमाथि आउने खत्तरालाई पहिला सामना गर्ने सकूँ,’ उनले भनेका थिए।

शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो। उनको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो।

शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रेटीलाई सुरक्षा दिन्छ। उनले सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन्।

शेराले माइकल ज्याकसन, विल स्मिथ, ज्याकी चेन जस्ता हलिउड कलाकारलाई पनि सुरक्षा दिएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: