Loktantra Khabar National Weekly
Ad

३५ किलो लागु औषध चरेस सहित २ जना नियन्त्रणमा

लोकतन्त्र खबर
३ फाल्गुन २०८०

बारा । चितवनबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ३५ किलो लागु औषध चरेससहित २ जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले बुधवार भारतीय नम्बरको कार चेकजाँच गर्ने क्रममा चरेस सहित २ जनालाई नियन्त्रणमा लिएका हो । जसमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती  बस्ने साफिर अलि (४२) र कारमा सवार  सोही ठेगाना भएका  मोहमद अफजाललाई नियन्त्रणमा लिएको हो ।

३२ एनएम ४४७६ नं भारतीय कारको पछाडि डिक्कीमा फल्स बटम बनाई सो बटममा लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा फेला परेको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले  जानकारी दिए ।

प्रहरीले शङ्कास्पद लागेर चेकजाँच गर्ने क्रममा लागु औषध जस्तो देखिने पदार्थ भेटिएको र चेकजाँच गर्ने क्रममा चरेस फेला गरेको प्रहरीले जनाएको छ ।  ३५ किलो लागु औषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेतलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आज म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: