Loktantra Khabar National Weekly
Ad

असाढे बजेट दुर्भाग्यपुर्ण–जिसस प्रमुख सिंह

लोकतन्त्र खबर
१ फाल्गुन २०८०

 बखतियार अलि–

सर्लाही, माघ २९ । असाढे बजेट दुर्भाग्यपुर्ण रहेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले बताउनु भएको छ । प्रदेश सरकारले असाढमसान्तको अन्तिम सातामा बजेट पठाउदा अनियमितताले प्रासय पाउने गरेको जिसस प्रमुख सिंहको भनाई छ ।

प्रमुख सिंहले थप्दै भने यसपालीको जिल्ला सभाबाट अनुमोदन गराएर असाढे बजेट नपठाउन प्रदेश सरकारलाई सिफारिस गर्ने जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा भएको जिल्ला समीक्षा गोष्ठीमा प्रमुख सिंहले भने ।

सदरमुकाम मलंगवामा सोमबार सम्पन्न भएको जिल्ला समिक्षा गोष्ठीमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले भने देशकै सबै भन्दा बढि स्थानीयतह भएको सर्लाही जिल्लामा वार्षिक समिक्षा गोष्ठीमा पालिकाहरुको सहभागिता नहुनु दुखद रहेको प्रजिअ धमलाले बताए । गोष्ठीमा जिल्लामा रहेका संघीय तथा प्रदेशका विषयगत कार्यालयहरु र स्थानीय तहहरुले गएको आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका कार्यक्रम तथा प्रगतिको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

जिसस सर्लाहीका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला भित्रका १२ वटा स्थानीय तह लगायत केही कार्यालयहरुले मात्र आ–आफ्नो वार्षिक विवरण प्रस्तुत गरेका थिए ।

जिल्लाको चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिकाको आन्तरिक विवादका कारण परिषद हुन नपाएकोले गोष्ठीमा ती दुवै पालिकाले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेनन ।

यी दुबै बाहेक मलंगवा नगरपालिका, बलरा न, पा, कबिकालासी न.पा, गोडैता नगरपालिका, हरिपुर न.पा, हरिवन न.पा, लालबन्दी न.पा, इश्वरपुर न.पा, गोडैता न.पा, चक्रघट्टा गाउँपालिका धनकौल गाउपालिका, ब्रह्म्पुरी गाउपालिका,

कौडेना गाउपालिका, बसवरिया गाउपालिका, लगायतका पालिकाहरु र कृषि ज्ञान केन्द्र ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवा लगायतका कार्यालयहरुले आ–आफ्नो कार्यालयको वार्षिक कार्यक्रमको प्रस्तुती गरेका थिए ।

जिससको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिसस उपप्रमुख जितेन्द्र महतो, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, सर्लाहीका प्रहरी उपरीक्षक, मलंगवा न.पा प्रमुख नागेन्द्र प्रसाद यादव, गोडैता न.पा प्रमुख देवेन्द्र यादव,

ब्रह्म्पुरी गा.पा. का अध्यक्ष रामपदारथ साह, धनकौल गा.पा. अध्यक्ष रामआश्रय साह, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, आ.टी कर्मचारी, जिसस पदाधिकारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: