लोकतन्त्र समाचारदाता-
सर्लाही,माघ ५ सर्लाहीको सदरमुकाम मलंगवामा जेब्रा क्रसिङको निर्माण कार्य सुरु भएको छ। मलंगवा जेसिसले २०२४ को लागि नयाँ कार्यसमिति चयन गरेको मौका पारेर डिस होम फाइबर नेट सँगको संयुक्त आयोजनामा मलंगवा बजार क्षेत्रको विभिन्न व्यस्त सडकमा शुक्रवारदेखि जेब्रा क्रसिंङको निर्माणकार्य सुरु गरेको हो ।
अती भिडभाड र व्यस्त रहने सडकमा दुर्घटना न्यूनीकरण गर्न जेब्रा क्रसिङ निर्माण गरेको मलंगवा जेसिज २०२४ का अध्यक्ष दिलिप कुमार झाले बताए
। सवारी चाप अत्यधिक बढेकाले आवागमनमा देखिएका समस्या समाधान गर्न र पैदलयात्रीलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यले जेब्राक्रस निर्माण गरिएको उनको भनाइ छ ।
विद्यालय, बजार क्षेत्र र बढी भीडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएकाले यसबाट दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने डिस होम फाइबर नेटको सर्लाहीको लागि आधिकारिक बिक्रेता सुवास गुप्ताले बताए ।

