Loktantra Khabar National Weekly
Ad

रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

लोकतन्त्र खबर
२६ पुष २०८०

र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने भएको छ।

युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा यस रियालिटी शो आयोजना हुन लागेको हो। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै शोका बारे जानकारी दिइएको छ।

युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरू हुने बताए। उनका अनुसार एपीवान टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ।

‘शोमा नेपाली सांगीतिकदेखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्,’ उनले भने।

शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ।

शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२, काठमाडौंमा १८ र १९ गते गरिने बताए। उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको लागि डिजिटल अडिसन गरिने जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: