Loktantra Khabar National Weekly
Ad

१२ करोडमा बनेको मोहनलालको फिल्म ‘नेरू’ ले कमायो ८१ करोड

लोकतन्त्र खबर
२५ पुष २०८०

पछिल्लो समय भारतीय बक्स अफिसमा ‘एनिमल, डंकी र सलार’ को दबदबा छ। यी फिल्मले राम्रो कमाइ गर्नुको साथै तारिफ पनि बटुलिरहेका छन्।

यी फिल्मकै दबदबाबीच दक्षिण भारतीय अभिनेता मोहनलालको फिल्म ‘नेरू’ प्रदर्शनममा आयो। २१ डिसेम्बरदेखि प्रदर्शन भइरहेको मलयालम फिल्मलाई जीतू जोसेफले निर्देशन गरेका हुन्।

कोर्टरूम ड्रामा फिल्ममा मोहनलालसँगै शान्ति मायादेवी, अनस्वरालगायत कलाकारको मुख्य भूमिका छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म १२ करोडमा बनेको हो। फिल्मले विश्वभरबाट ८१ करोड भारू कमाएको छ। जसमध्ये ४२ करोड ३ लाख भारतीय बक्स अफिसमा कमाएको हो।

मोहनलाल फरक फरक भूमिकामा अभिनय गर्ने अभिनेताको रूपमा परिचित छन्। ‘दृष्यम’ र ‘लुसिफर’ जस्तो फिल्मबाट उनले दर्शकको मन जितिसकेका छन्। ‘जेलर’ मा उनको भूमिकालाई दर्शकले खुब मन पराएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: