Loktantra Khabar National Weekly
Ad

आमिर खानकी छोरी इराले गरिन् बिहे

लोकतन्त्र खबर
१९ पुष २०८०

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन्।

उनले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन्। उनीहरूले सन् २०२२ मा इन्गेजमेन्ट गरेका थिए।

भारतीय सञ्चारमाध्यम जागरणका अनुसार उनीहरूले बुधबार मुम्बईस्थित ताज होटलमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए। उनीहरूले १३ जनावरीमा रिसेप्सन पार्टी आयोजना गरेका छन्।

इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए। नुपुर फिटनेस कोच हुन्।

इरा आमिर खान र उनकी पहिलो श्रीमती निर्माता रीना दत्तकी छोरी हुन्। विवाह समारोहमा आमिरकी दोस्रो श्रीमती किरण राव पनि सहभागी भएकी थिइन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: