Loktantra Khabar National Weekly
Ad

आफ्नो मृत्युको खबर खण्डन गर्दै साजिद खानले भने- म जिउँदो छु

लोकतन्त्र खबर
१३ पुष २०८०

२२ डिसेम्बरमा अभिनेता साजिद खानको मृत्यु भएको खबर बाहिरियो। यस खबरपछि केही व्यक्तिलाई निर्देशक तथा अभिनेता साजिद खान मृत्यु भएको भन्ने लाग्यो।

उनको घरमा लगातार फोन आउन थाल्यो। आफन्तहरूले सोध्न थाले- त जिउँदो छस् नि? केही व्यक्तिले सामाजिक सञ्जालमा म्यासेस गरिरहेका छन्। यस्तो अवस्थामा निर्देशक खानले इन्स्टाग्राममा एक भिडिओ सेयर गर्दै आफू जिउँदो भएको बताएका छन्।

‘अभिनेता साजिद खानको मृत्यु भएको हो। उनी ७१ वर्षका थिए। उनले सन् १९५७ मा ‘मदर इन्डिया’ फिल्ममा अभिनय गरेका थिए। उनले सुनील दत्त सानो हुँदाको भूमिका निर्वाह गरेका थिए। उनी साजिद खान नै हुन्। उनी सन् १९५१ मा जन्मिएका थिए भने म २० वर्ष पछि जन्मिएको हुँ। उनको मृत्यु हुँदा म दु:खी छु। तर केही गैरजिम्मेदार मिडियाले मेरो फोटो हालेर समाचार छापेछन्। मानिसहरू मलाई त जिउँदै छस् नि भन्दै सोधिरहेका छन्,’ उनले भने, ‘म जिउँदो छु, तपाईहरूलाई अझै मनोरञ्जन दिनेछु।’

साजिद खानले ‘हे बेबी, हाउसफुल, हाउसफुल २, हिम्मतवाला, हमशकल्स’ जस्ता फिल्म निर्देशन गरेका छन्। उनले ‘झुठ बोले कौवा काटे, ह्याप्पी न्यू इयर, मुझसे शादी करोगी’ जस्ता फिल्ममा अभिनय समेत गरेका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: