Loktantra Khabar National Weekly
Ad

शाहरूख खानको ‘डंकी’ ले अहिलेसम्म कति कमायो?

लोकतन्त्र खबर
१२ पुष २०८०

बलिउड अभिनेता शाहरूख खान स्टारर फिल्म ‘डंकी’ ले भारतीय बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।

शाहरूखको फिल्म ‘जवान’ र ‘पठान’ प्रदर्शन भएसँगै यो फिल्मप्रति पनि दर्शकको आशा धेरै थियो। तर ‘डंकी’ ले यी दुई फिल्मको जस्तो कमाइ गर्न सकेन।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले ६ मा १४० करोड भारू कमाएको छ।

फिल्मको लगानी बजेट १२० करोड भारू हो।

फिल्मले विश्वभर २५६ करोडभन्दा बढी कमाएको छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘डंकी’ मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दिया मिर्जालगायत कलाकारको अभिनय छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: