लोकतन्त्र समाचारदाता–
मलङ्गवा, ११ पुस । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले बिहिवार सर्लाही सदरमुकाम मलङ्गवाको एक विद्यालयमा कापी कलम तथा खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।
मलङ्गवा–११, गम्हरीया स्थित रहेको श्री शहिद दिनेश प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पूर्व प्रदेश प्रमुख अहिराजले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नुभएको हो ।
विद्यालयका एक सय ७६ जना विद्यार्थीलाई शैक्षिक तथा खुलकुद सामाग्री पूर्व प्रदेश प्रमुख अधिराजले वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनरेश राय यादवले जानकारी दिनुभयो ।
कापी कलम तथा शैक्षिक समाग्री पाएर बालबालिकाहरु खुसि भएका थिए । पूर्व प्रदेश प्रमुख डा. राजेश विधालयमा पुग्दा शिक्षक शिक्षिकाहरुले वहालाई फुलमाला लगाएर स्वागत गर्नु भएको थियो ।
पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराज संगै अकोराबका मधेश प्रदेशका संयोजक पत्रकार मनोज यादव र नेपाल पत्रकार महासंघका मधेश प्रदेशका कोषाध्यक्ष पत्रकार बिश्वनाथ ठाकुर पनि शैक्षिक समाग्री बितरण कार्यक्रममा सहभागिता जनाउदै पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजको यस कदमलाई उपस्थित सबैले सराहना गर्नु भएको थियो ।

