Loktantra Khabar National Weekly
Ad

‘आशिकी २’ मा तृप्ति र कार्तिक आर्यन

लोकतन्त्र खबर
११ पुष २०८०

बलिउडका धेरै फिल्ममा मुख्य पात्र बनेर अभिनय गरिसकेकी अभिनेत्री तृप्ति डिमरी यतिबेला सहायक पात्र बनेपछि चर्चामा आएकी छन्।

बलिउड फिल्म ‘एनिमल’ मा सहायक पात्रको भूमिका निर्वाह गरेकी उनले खुब चर्चा बटुलिरहेकी छन्। उनले फिल्ममा गरेको बोल्ड अभिनयको कारण अभिनेत्री रश्मिका मन्दानालाई पछि पारेको प्रतिक्रिया आइरहेको छ। रश्मिकालाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। यो उपाधि तृप्तिले लिएको दर्शकको प्रतिक्रिया छ।

यसै चर्चाबीच उनी कार्तिक आर्यनसँग फिल्म ‘आशिकी ३’ मा देखिने भएकी छन्। अनुराग बसुले निर्देशन गर्ने फिल्मलाई भुषण कुमारले निर्माण गर्नेछन्।

भुषण ‘एनिमल’ का निर्माता समेत हुन्। भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार तृप्तिले फिल्म साइन गरिसकेकी छन्।

यो फिल्म सन् २०२४ मार्चदेखि छायांकनमा जाने बताइएको छ। दुवै कलाकार फिल्मको छायांकन सुरू हुनुअघि वर्कशप गर्नेछन्। फिल्म ‘आशिकी २’ प्रदर्शन भएको १० वर्ष भइसक्यो। अभिनेत्री श्रद्धा कपूर र आदित्य रोय कपूर अभिनीत फिल्मलाई दर्शकले निकै रूचाएका थिए।

तृप्तिले ‘लैला मजन्नु, कला, बुलबुल’ लगायतको फिल्ममा अभिनय गरेकी छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: