Loktantra Khabar National Weekly
Ad

यो वर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म बन्यो ‘सलार’

लोकतन्त्र खबर
८ पुष २०८०

दक्षिण भारतीय अभिनेता प्रभास स्टारर फिल्म ‘सलार’ शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘सलार’ यो वर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ। फिल्मले विश्वभरबाट १७८ करोड २ लाख भारू कमाएको छ। जसमध्ये ९० करोड ७ लाख भारतीय बक्स अफिसमा कमाएको हो।

यो कमाइसँगै ‘सलार’ भारतको तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ। विश्वभरबाट २५७ करोड कमाउँदै ‘आरआरआर’ पहिलो नम्बरमा छ भने २१७ करोड कमाएर ‘बाहुबली २’ दोस्रो नम्बरमा छ। यी दुवै फिल्मलाई एसएस राजामौलीले निर्देशन गरेका हुन्।

‘सलार’ मार्फत प्रशान्त नीलले आफ्नै रेकर्ड तोडेका छन्। उनी निर्देशित फिल्म ‘केजिएफ २’ लाई पछि पार्दै ‘सलार’ भारतको तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको हो। ‘केजिएफ २’ ले विश्वभरबाट १६४ करोड भारू कमाएको थियो।

‘सलार’ मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: