Loktantra Khabar National Weekly
Ad

फ्रान्स र नेदरल्यान्डका फिल्म फेस्टिभलमा छानियो ‘साक्षी रूख’

लोकतन्त्र खबर
५ पुष २०८०

फ्रान्स र नेदरल्यान्डका फिल्म फेस्टिभलमा सर्ट फिल्म ‘साक्षी रूख’ छनोट भएको छ।

निरञ्जनराज भेटवाल लिखित तथा निर्देशित फिल्म नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’ मा छनोट भएको हो।

नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने निर्माता रहेको फिल्म दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको थियो।

यो फिल्म दुई फेस्टिभलमा छनोट भएपछि निर्माता नवनिधि दाहालले खुशी व्यक्त गरेका छन्।

‘मेरो जानकारी अनुसार क्लेर्मोन्ट फेर्रान्डमा कुनै पनि नेपाली फिल्म प्रतिस्पर्धामा छनोट भएको यो पहिलो पटक हो। छोटो फिल्म छनोट भए पनि यसले समग्र नेपाली फिल्म क्षेत्रकै लागि कुनै न कुनै अर्थ राख्छ भन्ने विश्वास छ,’ उनले भने।

यो फिल्मको समयावधि १५ मिनेटको रहेको छ। विभिन्न फिल्म फेस्टिभलमा प्रदर्शन गरेपछि युट्युबमा सार्वजनिक गरिने निर्माण टिमले बताएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: