Loktantra Khabar National Weekly
Ad

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको टिजर सार्वजनिक

लोकतन्त्र खबर
३ पुष २०८०

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को टिजर सार्वजनिक भएको छ।

सोमबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ।

सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सले निर्माण गरेको फिल्म पुलवामा आक्रमण र त्यसपछि भएको बालाकोट एयर स्ट्राइकमा आधारित छ।

शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्ममा वरूण तेज र मानुषी छिल्लरको मुख्य भूमिका छ। फिल्मको कथा शक्तिप्रताप सिंह हाडा, आमिर खान र सिद्धार्थ राज कुमारले लेखेका हुन्।

हरि के भेदान्तमले छायांकन गरेको फिल्मलाई नविन नूलीले सम्पादन गरेका छन्।

तेलुगु, तलिम, मलयालम, कन्नड र हिन्दी भाषामा यो फिल्म फागुन ४ गतेदेखि प्रदर्शन हुनेछ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: