Loktantra Khabar National Weekly
Ad

रहेनन् ‘तुझसे नाराज नहीँ जिन्दगी’ का गायक अनुप

लोकतन्त्र खबर
२ पुष २०८०

भारतीय गायक अनुप घोषालको निधन भएको छ।

७७ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार केही समयदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

उनी फिल्म ‘मासुम’ को गीत ‘तुझसे नाराज नहीँ जिन्दगी’ का गायक भनेर परिचित छन्। उनले थुप्रै गीतमा आवाज दिएका छन्।

उनी गायनसँगै राजनीति क्षेत्रमा पनि आवद्ध थिए। सन् २०११ मा उनले कांग्रेसको तर्फबाट पश्चिम बंगालमा चुनाव जितेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: