Loktantra Khabar National Weekly
Ad

यस ओटिटीमा रिलिज हुँदैछ ‘१२ वीं फेल’

लोकतन्त्र खबर
२७ मंसिर २०८०

विक्रान्त मासे अभिनीत फिल्म ‘१२ वीं फेल’ ओटिटीमा रिलिज हुने भएको छ।

कम बजेटमा बनेको फिल्मले भारतीय बक्स अफिसमा तहल्का मचाएको थियो। यस फिल्मलाई दर्शकले खुब रूचाएका थिए। हलमा रूचाइएको फिल्म ओटिटीमा रिलिज हुँदैछ।

यो फिल्म ओटिटी प्लेटफर्म जीफाइभमा प्रदर्शन हुनेछ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म जनावरीको सुरूवातमा प्रदर्शन हुनेछ। तर हालसम्म ओटिटी रिलिज डेट घोषणा गरिएको छैन।

यो फिल्म सन् २०२४ को अस्करका लागि पठाइएको छ।

२७ अक्टोबरमा प्रदर्शन भएको फिल्मले ६२ करोड ४१ लाखभारू कमाएको छ। फिल्मको लागत २० करोड बताइएको छ।

यो फिल्म ६०० स्क्रिनमा प्रदर्शन भएको थियो। सीमित स्क्रिनमा प्रदर्शन भएको फिल्मले यति धेरै कमाउनु भारतीय फिल्मको लागि ठूलो उपलब्धि मानिएको छ।

विधु विनोद चोपडा निर्देशित फिल्ममा विक्रान्त मासेसँगै मेद्धा शंकर, सञ्जय बिस्नोइ, हरिश खन्नालगायत कलाकारको अभिनय छ। फिल्म आइपिएस मनोज शर्माको जीवनमा आधारित छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: