Loktantra Khabar National Weekly
Ad

निःशुल्क शिविरमा १८३ जनाको आँखा परीक्षण, ८३ जनाको अपरेसन

लोकतन्त्र खबर
२७ मंसिर २०८०

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। पालिकाकी उपमेयर शिला देवीले आँखा शिविरको विधिवत् रूपमा उद्घाटन गरेकी थिइन्।

नेपाल नेत्र ज्योति सङ्घ आँखा अस्पताल गौर –८ पुरेनवाद्वारा दुर्गा भगवती ४ पचरुखी वडा कार्यालयमा आयोजित निःशुल्क आँखा शिविरमा कुल १८३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो। सो मध्ये ८३ जना बिरामीको आँखामा मोतिया बिन्दु रोग ठहर भएको चिकित्सकले बताएका छन्।

मोतीबिन्दु ठहर भएका सबै बिरामीलाई आज आँखा अस्पताल पुरेनवा लागेर अन्य आवश्यक जाँच पश्चात् बिहीबार निःशुल्क आँखाको अप्रेसन गरिने योजना रहेको दुर्गा भगवती गाउँपालिका वडा ४ का अध्यक्ष रामानन्द यादवले जानकारी दिएका छन्। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: