Loktantra Khabar National Weekly
Ad

१७ वर्षमा पहिलो पटक अवार्ड पाइन् सुमोना चक्रवर्तीले

लोकतन्त्र खबर
२६ मंसिर २०८०

कपिल शर्मा शो’ की सुमोना चक्रवर्तीले पहिलो पटक अवार्ड पाएकी छन्। अभिनय सुरू गरेको १७ वर्षपछि उनले पहिलो अवार्ड पाएकी हुन्।

उक्त शोमा उनको कमेडीलाई खुब रूचाइन्छ। उनले अवार्ड पाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै खुशी साटेकी छन्।

‘मैले आइतबार राति एक अवार्ड जिते। आइटिए अवार्डमा द कपिल शर्मा शोको लागि उत्कृष्ट कमेडी महिला कलाकारको अवार्ड पाएँ। १७ वर्ष पहिला अभिनय सुरू गरेपछि मेरो पहिलो जीत। जे भन्नुस् हामी पनि तारिफ र सम्मानको भोको छौं,’ उनले लेखेकी छन्।

यस पोस्टमा अर्चना पुरन सिंह र कीकु शारदाले पनि बधाई दिएका छन्। आइतबार मुम्बईमा आइटिए अवार्ड आयोजना भएको थियो।

सुमोना शोमा पहिला कपिल शर्माकी श्रीमतीको भूमिकामा देखिन्थिइन् भने अहिले भूरी पात्रको भूमिकामा देखिन्छिन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: