Loktantra Khabar National Weekly
Ad

२४ घण्टासम्म बाढीमा फसे आमिर खान

लोकतन्त्र खबर
२० मंसिर २०८०

दक्षिण भारतको चेन्नईमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीमा बलिउड अभिनेता आमिर खानसँगै तमिल अभिनेता विष्णु विशाल पनि फसेका थिए।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनीहरू २४ घण्टासम्म बाढीमा फसेका थिए। उनीहरूको उद्दारपछि सामाजिक सञ्चालमा एक तस्बिर भाइरल भइरहेको छ। जसमा फायर एन्ड रेस्क्यु डिपार्टमेन्टले उनीहरूलाई बचाइरहेको देख्न सकिन्छ।

विष्णुले ट्विटरमार्फत तस्बिर सेयर गर्दै उक्त जानकारी दिएका हुन्।

‘हामीजस्ता फसेका व्यक्तिहरूलाई मद्दत गरेकोमा रेस्क्यु टिमलाई धन्यवाद! निरन्तर बचाउने मिसन सुरू भइसक्यो। यस्तो मुस्किल समयमा सरकारद्वारा शानदार काम। सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद,’ उनले लेखेका छन्।

अब आमिर खान राजकुमार सन्तोषीले निर्देशन गर्ने फिल्म ‘लाहोर १९४७’ मा देखिनेछन्। उनी पछिल्लो समय  ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए। यो फिल्म बक्स अफिसमा फ्लप सावित भएको थियो।

यसअघि आमिरको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पनि बक्स अफिसमा असफल भएको थियो। लगातार दुई फिल्म फ्लप भएपछि आमिरले समय लिएर फिल्ममा काम गर्ने बताएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: