Loktantra Khabar National Weekly
Ad

नोभेम्बरमा भित्रिए एक लाख ८ हजार पर्यटक

लोकतन्त्र खबर
१५ मंसिर २०८०

सन् २०२३ को नोभेम्बरमा पनि एक लाख बढी पर्यटक नेपाल घुम्न आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख ८ हजार ६३० पर्यटक नेपाल घुम्न आएका हुन्।

यद्यपी यो संख्या अघिल्लो महिनाको भन्दा ८ हजार ६७७ ले कमी हो। अघिल्लो महिना (अक्टोबर)मा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका थिए।

पर्यटकीय सिजन चलिरहेकाले पर्यटक आगमन उत्साहजनक रहेको बोर्डले जनाएको छ। यस महिना नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटकहरू रहेका छन्।

कुन मुलुकबाट कति पर्यटक भित्रिए?

भारत : २४ हजार ४४३
अमेरिका : ११ हजार ४६१
बेलायत : ६ हजार १३८
चीन : ७ हजार ६०१
अष्ट्रेलिया : ५ हजार ६०
जर्मनी : ३ हजार ५१२
फ्रान्स : ३ हजार २०५
बंगलादेश : ३ हजार ७६१
श्रीलंका : ३ हजार २२८  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: