Loktantra Khabar National Weekly
Ad

नेपाली हलमा रणवीर कपूर र विक्की कौशलको भिड्न्त

लोकतन्त्र खबर
१५ मंसिर २०८०

आज शुक्रबार नेपाली हलमा दुई बलिउ फिल्म प्रदर्शन भएका छन्।

रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ र विक्की कौशल अभिनीत फिल्म ‘सामबहादुर’ प्रदर्शन भएका हुन्। आज नयाँ नेपाली फिल्म भने प्रदर्शन भएका छैनन्।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनकी श्रीमतीको भूमिकामा देखिएका छन्।

फिल्मको कथालाई सन्दिपले नै लेखेका हुन् भने फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेका छन्। फिल्ममा बावु र छोराको सम्बन्धको कथा देखाइएको छ।

मेघना गुल्जारले निर्देशन गरेको फिल्म ‘सामबहादुर’ मा विक्कीसँगै सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारको अभिनय छ। फिल्ममा रोनी स्क्रूवालाको लगानी छ।

फिल्मको कथा भवानी ऐय्यर, शान्तनु श्रीवास्तव र मेघना गुलजारले मिलेर तयार पारेका हुन्। फिल्ममा सन् १९७१ को भारत–पाकिस्तानको युद्धको परिवेशलाई देखाइएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: