Loktantra Khabar National Weekly
Ad

मणिपुरी परम्पराअनुसार अभिनेता रणदीप हुड्डाले गरे बिहे

लोकतन्त्र खबर
१४ मंसिर २०८०

बलिउड अभिनेता रणदीप हुड्डाले विवाह गरेका छन्।

बिहीबार उनले प्रेमिका लिन लैशरामसँग विवाह गरेका हुन्। उनीहरूले मणिपुरी परम्पराअनुसार विवाह गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख छ।

विवाहमा रणदीपले मणिपुरको खास पगडी र सेतो रंगको धोती कुर्था लगाएका थिए।

त्यस्तै लिनले सेतो र गुलाबी रंगको मणिपुरी सारी लगाएकी छन्। उनीहरूको विवाहमा परिवारका सदस्य र साथीभाइ मात्रै सहभागी थिए।

अभिनेता रणदीप ४७ वर्षका भए। लामो समयदेखि उनी ३७ वर्षिय लिनसँग डेटिङ गरिरहेका थिए।

रणदीप आगामी फिल्म ‘वीर सावरकर’ मा देखिँदैछन्। यसै फिल्ममार्फत उनी निर्देशकको रूपमा डेब्यू गर्दैछन्।

त्यस्तै लिनले ‘ओम शान्ति ओम, म्यारी कोम, रंगुन, मटरूकी बिजलीका मंडोला, जाने जान’ लगायत फिल्ममा अभिनय गरेकी छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: