Loktantra Khabar National Weekly
Ad

पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

लोकतन्त्र खबर
८ मंसिर २०८०

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करले एक जना पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु  भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक थरबत थापा घाइते छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्: