Loktantra Khabar National Weekly
Ad

शाहरूख खानको ‘जवान’ ले नेटफ्लिक्समा राख्यो नयाँ रेकर्ड

लोकतन्त्र खबर
७ मंसिर २०८०

बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ ले ओटिटी प्लेटफर्ममा नयाँ रेकर्ड राखेको छ।

शाहरूखको दोहोरो भूमिका रहेको फिल्म नेटफ्लिक्समा सबैभन्दा धेरै हेर्ने रेकर्ड राखेको हो। अभिनेत्री नयनतारासँगै दीपिका पादुकोणको अभिनय रहेको फिल्मलाई दर्शकले खुबै रुचाएका थिए। अहिले ओटिटीमा रिलिज भएपछि झनै फिल्म हेर्ने संख्या बढिरहेको छ। आफ्नो फिल्ममा दर्शकको संख्या बढेपछि शाहरूख खुसीसँगै नयाँ कामको लागि उत्साहित भएका छन्।

उनले फिल्म हेरिदिएकोमा दर्शकलाई धन्यवाद दिएका छन्। बक्स अफिसमा नयाँ-नयाँ रेर्कड राखेको यो फिल्म ओटिटीमार्फत विश्वभर हेरिरहेको भारतीय सञ्चारमाध्यमले बताएको छ। यो फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज गरिएको थियो। यो सबैभन्दा धेरै पैसा कमाउने फिल्म बनेको छ।

एटलीले निर्देशन गरेको यो फिल्मलाई नोम्भेबर २ मा नेटफ्लिक्समा रिलिज गरिएको थियो। अन्य फिल्मभन्दा यो फिल्मलाई हेर्ने दर्शकको संख्या बढ्दो अवस्थामा रहेको नेटफ्लिक्सले बताएको छ। करिब ४ मिलियनले यो फिल्म हेरेका छन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: