Loktantra Khabar National Weekly
Ad

सस्पेन्स थ्रिलर फिल्म ‘कंगारू’ बन्ने

लोकतन्त्र खबर
५ मंसिर २०८०

‘लाखे’ का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारू’ राखिएको छ।

राजिव गुरूङ ‘दीपक मनांगे’ को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए।

फिल्म निर्माण घोषणा गरिएपनि कलाकार भने सार्वजनिक गरिएको छैन। फिल्मका लागि विभिन्न कलाकारहरूसँग कुराकानी भइरहेको निर्माण टिमले बताएका छन्।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्म्ससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो। सिमा गुरुङको कथा रहने फिल्ममा महेश दवाडीको पटकथा रहेको छ।

प्रेम थापा र धन बहादुर गुरुङ निर्माता रहेको फिल्ममा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ सह-निर्माता छन्। यो फिल्मको छायांकन फागुनदेखि सुरू हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: