Loktantra Khabar National Weekly
Ad

ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा, कति छ मूल्य ?

लोकतन्त्र खबर
५ मंसिर २०८०

काठमाडौं । सामसङको ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा सार्वजनिक भएको छ ।

सामसङ नेपालका अनुसार युवा पुस्ताका प्रयोगकर्ताका लागि ग्यालेक्सी एस-२३ एफ-ई उत्कृष्ट विशेषताका साथै गेमिङमा रुचि राख्नेका लागि यसले शक्तिशाली कार्यसम्पादन गर्ने छ ।

ग्यालेक्सी एस-२३ एफ-ईमा प्रतिष्ठित र दिगो डिजाइन, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामेरा लगायत अन्य विशेषताहरु समेटिएको कम्पनीले बताएको छ ।

नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्‍गहरू उपलब्ध हुने ग्यालेक्सी एस-२३ एफ-ई मोबाइल २० नोभेम्बरदेखि सामसङको आधिकारिक स्टोरहरुबाट प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

जीवन्त डिजाइन र डिस्प्ले

ग्यालेक्सी एस-२३ एफ-ई यसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लिकर डिस्प्लेका लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई अंगीकार गरेको छ ।

सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस-२३ एफ-ईले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ ।

उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस-२३ एफ-ईमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ ।

ग्यालेक्सी एस-२३ एफईमा रहेको भिजन बुस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरु पत्ता लगाएर स्क्रिनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।

क्यामेरा अपग्रेड

ग्यालेक्सी एस-२३ एफ-ईमा प्रो–ग्रेड क्यामेराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ जुन अहिलेसम्मकै सबैभन्दा ठूलो क्यामेरा हो ।

यसको पछाडि प्रमुख ग्रेडको ५० एमपी (डब्लू) र १२ एमपी (यूडब्लू) र ८ एमपी (ओआईएस) युक्त ३ गुणा ठूलो अप्टिकल जुमसहितको क्यामेरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरु खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ ।

ग्यालेक्सी एस-२३ एफ-ईमा नाइटोग्राफी विशेषताले अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरुमा सेल्फी र पोट्रेट प्रष्ट खिच्न मद्धत गर्छ ।

एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भीडीआईएस) का साथ प्रयोगकर्ताले अप्टिकल इमेज स्टेबलाइजर (ओआईएस) कोणमा पछाडिको क्यामेरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर सट लिन सक्दछन् ।

जब सही रुपर्मो कन्टेन्ट सिर्जना गर्ने अवस्था आउँछ, ग्यालेक्सी एस-२३ एफ-ई त्यसको लागि एक सुचारु सम्पादन स्टुडियो हो । प्रो मोडमा अवरोधक गति, छिद्र, आईएसओ नियन्त्रण र सहजताका लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ ।

ग्यालेक्सी एस-२३ एफ-ई क्यामेरामा एआई शक्ति प्रदत्त टुलहरु रहेका छन्, जसले चालु रहेकै समयमा रचनात्मक बनाउने स्वतन्त्रता र अनुकूलन गर्न दिई तपाईंको सटहरुलाई उत्कृष्ट तुल्याउनेछ ।

गेमिङ्‍का लागि सर्वोत्कृट पावरहाउस

ग्यालेक्सी एस-२३ एफ-ईमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनका लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ ।

गेमिङ र स्ट्रिमिङका लागि ग्यालेक्सी एस-२३ एफ-ईको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्धत गर्दछ, साथ हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ ।

कम्पनीका अनुसार यो रेट्रेसिङका साथ पनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधि जसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरु, प्रकाशहरु र छायाँहरु देखाउँछ ।

धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।

मेमोरी विविधता, मोल र उपलब्धता

ग्यालेक्सी एस-२३ एफ-ई प्रभावकारी ८ जीबी र्‍याम र २५६ जीबीको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमा पाइने ग्यालेक्सी एस-२३ एफ-ई चाँडै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध हुनेछ ।

२० नोभेम्बरदेखि प्रि-अर्डर गर्न सकिने यो मोबाइलको मूल्य ८५ हजार ९९९ रूपैयाँ तोकिएको छ । शून्य प्रतिशत ब्याजदरमा पनि यो मोबाइल खरिद गर्न सकिने व्यवस्था रहेको कम्पनीले बताएको छ ।

सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३०० रूपैयाँ किस्ता तिरेर यो मोबाइल खरिद गर्न सकिने छ । एक वर्षका लागि १ पटकको ब्रेकेज बीमाको व्यवस्था रहेको र सामसङ फोन अपग्रेड गर्न चाहनेका लागि एक्सेञ्ज सुविधा पनि रहेको कम्पनीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: